खासगरी भौतिक विकासले मात्रै विकास पूरा नहुने र भौतिक विकासको संरक्षणका लागि पनि मानवीय विकास महत्पूर्ण रहेको कतिपय जानकारहरू बताउँछन् ।
मानवीय विकासभित्रै पर्ने पुरुष र नारीलाई अवसर, जिम्मेवारी, अधिकार, सेवा, लाभ, स्रोत–साधनमा समान अवसर पहुँच र नियन्त्रण कायम राख्नु लैङ्गिक समानता हो ।
नेपालको संविधानको प्रस्तावनामै सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागिता मूलक सिद्धान्तमा जोड दिने प्रतिबद्धता छ । तर, समाजमा यसका विरूद्धमा क्रियाकलाप भइरहेको अवस्था छ ।
पछिल्लो तथ्याङ्क हेर्ने हो भने पनि घरेलु हिंसा, बलात्कार र यौन दुव्र्यवहारजस्ता घटनाहरू बढ्दो क्रममा छन् । पछिल्लो एक वर्षमा मात्रै महिलामाथि तीन हजार चार सय ८९ यौन हिंसा भएको छ ।
लैङ्गिक हिंसाले पीडितहरूको शारीरिक, मानसिक, र भावनात्मक स्वास्थ्यमासमेत नकारात्मक प्रभाव पार्ने र उनीहरूको आत्मसम्मान, विश्वास, र जीवनयापनमा समेत असर पार्ने भएकाले हिंसा लैङ्गिक समानता र हिंसा न्यूनीकरण समुदाय स्तरबाटै प्रभावकारी ढङ्गले लाग्न जरुरी रहेको जानकाहरूको मत छ ।
प्रतिक्रिया