अभिमुखीकरणमा पार्टी स्थायी कमिटी सदस्य तथा जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले ठुला नेतालाई भेटेर सेल्फि खिचेर सामाजिक सञ्जालमा हालेर दुनियाँलाई देखाएको भरमा अब पार्टी कामको मूल्याङ्कन नहुने बताए । सङ्गठनात्मक सिद्धान्त अनुसार पिरामिड आकारको संरचनामा बनाउन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतले अनुशिक्षण गरेका थिए ।
पार्टी केन्द्रीय कमिटीका उपाध्यक्ष गुरु बरालको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रमको अध्यक्षता पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सञ्चालन सचिव राजकुमार भण्डारी र स्वागत मन्तव्य उपाध्यक्ष टिकाराम चेम्जोङले गरेका थिए ।
                        
प्रतिक्रिया