प्रदेशका सन्दर्भमा केदार कार्की : ‘सन्तान जन्माएपछि मार्न मिल्छ ?’

विहीबार, १७ माघ २०८१
विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेशलाई काम गर्ने अधिकार नदिई प्रश्न उठाउन नमिल्ने बताएका छन् । बिहीबार नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन र पेसागत बुद्धिजीवी विभागको संयुक्त आयोजनामा भएको संविधान संशोधन, आवस्यक्ता र चुनौती विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताएका हुन् । ‘हामीले तीन वटा सन्तान जन्मायौँ तर एउटा चैँ राम्रो भएन भनेर मारिदिन मिल्छ ? कि त्यसलाई पनि राम्रो गरेर जाने हो ?’ उनले भने अहिलेको अवस्थामा संविधानको संशोधन भन्दा पनि कार्यान्वयनको पक्ष महत्त्वपूर्ण हो ।’ कार्कीले सांसदले आफ्नो क्षेत्राधिकारको कार्य गर्नुपर्ने बताए । उनले भने, ‘कतिपय कुरा संशोधनका लागि पनि आवश्यक छ । तर कार्यान्वयनका पक्षलाई जोड दिनुपर्दछ ।’ कार्कीले विगतको अञ्चलगत संरचना भन्दा प्रदेशको संरचना सानो भएको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार