सिन्धुपाल्चोकमा प्रेमिका भेट्न गएका युवकको हत्या

शनिबार, १९ माघ २०८१
काठमाडौं : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ मा प्रेमिका भेट्न गएका अन्दाजी २२ वर्षीय दिनेश विकको हत्या भएको छ । सिन्धुपाल्चोक प्रहरी प्रवक्ता उमाशंकरप्रसाद यादवले तातोपानी नुहाउन गएका दिनेश प्रेमिका भेट्न पुगेका बेला गाउँलेको सामूहिक कुटाइमा परेको हुनसक्ने बताएका छन् । गम्भीर घाइते अवस्थामा भेटिएका दिनेशलाई बाह्रविसे अस्पताल लैजाँदा मृत्यु भएको उनले बताए। हाल दिनेशको शव बाह्रविसे अस्तालमा रहेको र प्रेमिका भनिएकी युवतीलाई प्रहरीमा बोलाएर सोधपुछ भइरहेको उनको भनाइ छ । भोटेकोशी १ कोदारीका दिनेश वडा नम्बर २ को भ्यु प्वइन्ट नजिक घाइते अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार