झापा । झापाको दमक नगरपालिका–१ निवासी २४ वर्षीय रोमन कार्की झुण्डिन खोज्दा घाइते भएका छन्।
बिहीबार साँझ आफ्नै एकतले घरको सुत्ने कोठामा रहेको फलामको रडमा छालाको पेटी प्रयोग गरी झुण्डिन खोज्दा पेटी चुँडिएकाले उनी भुईँमा लडेर घाइते भएका हुन्।
घटना भएको बेलामा रोमनलाई आमा मिना कुमारी बेघा कार्कीले भुईँमा लडेको देखेकी थिइन्। त्यसपछि उनलाई तत्काल एडभान्स अस्पताल दमकमा उपचारका लागि ल्याइएको थियो।
अस्पतालका कर्मचारीले सो घटनाबारे इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएका थिए। जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोष्ट फाल्गुननन्दबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर राजवंशीको कमाण्डमा प्रहरी टोली खटिएको थियो।
यता घाइते कार्कीको दमकमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया