इटहरी : इटहरी २० स्थित नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको सभापतिमा उमेश राई निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा कुल ६४० मत खसेको थियो । जसमध्ये राईले २२० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
निकटतम् प्रतिस्पर्धी विना भुजेल (पराजुली)ले २०५ मत प्राप्त गरिन् । यसैगरी भरत केसीले १८९ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्याम पोखरेलले बताए ।
उपसभापतिमा नीलम गिरी, सचिवमा होमनाथ खड्का तथा कोषाध्यक्षमा प्रकाश बस्नेत, समितिकै उपसचिवमा सुमन रेग्मी निर्वाचित भए ।
यसैगरी उपकोषाध्यक्षमा दीपबहादुर पुरी निर्विरोध निर्वाचित भए ।
सदस्यहरूमा संगीता सुवेदी भट्टराई, निर्मला अधिकारी, सञ्जीवकुमार सिंह, प्रेम कार्की र ज्ञानमणि दाहाल निर्वाचित भएका छन् ।
प्रतिक्रिया