वनमा डडेलो लगाउने २ जना पर्वतबाट पक्राउ

शुक्रबार, ०२ फागुन २०८१
काठमाडौं । सामूदायिक वनमा डडेलो लगाउँदै हिँड्ने दुई जना पक्राउ परेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं १४ बगाल थोक स्थित ठूलढुङ्गा सामुदायिक वनमा आगलागी गरेको आरोपमा २६ वर्षका सुवास पौडेल र ३१ वर्षका रमेश पौडेल पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय पर्वत पठाईएको प्रहरीले जनाएको छ । कसैले वन जंगलमा आगोलागी गराएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा वा १०० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार