सुशीला कार्कीलाई फिर्ता बोलाउन माग गर्दै २३ वटा जेनजी समूहले दिए राष्ट्रपति पौडेललाई ज्ञापनपत्र

विहीबार, ०४ मंसिर २०८२

काठमाडौं :  जेनजीका २३ विभिन्न समूहहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउनुपर्ने मागसहित राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका छन्।

जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउँदै ती जेनजी समूहहरूले प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग गर्दै राष्ट्रपति पौडेलसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

प्रधानमन्त्री कार्कीसँग गरिएका अपेक्षाहरू पूरा नभएको भन्दै उनीहरूलाई उनलाई फिर्ता गर्न माग गरेका हुन्।

ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष ज निर्वाचित प्रधानमन्त्रीको लागि संविधान संशोधन, विद्रोहमा भएको नरसंहारमा संलग्नमाथि कारबाही, जेनजी विद्रोहका घाइतेहरूको उपचार र जेनजी विद्रोहका शहीद परिवारलाई उचित क्षतिपूर्ति र भरणपोषणको अपेक्षा गरिए पनि त्यो पूरा नभएको गुनासो उनीहरूले गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार