एनपीएल : लुम्बिनीले टस जितेर पहिले बलिङ गर्दै

विहीबार, ०४ मंसिर २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज(विहीबार)को खेलमा अहिले लुम्बिनी लायन्स र चितवन राइनोज प्रतिस्पर्धामा छन्।

बिहीबार त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गरिरहेको हो।

लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने चितवन राइनोजले दोस्रो खेल खेल्दैछ। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो।

लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्ल रहेका छन्।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार