पाँचथर : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पाँचथरमा १ हजार ७३१ जना नयाँ मतदाता नामावलीमा सूचीकृत भएका छन्। जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार नयाँ दर्तामध्ये ८९४ पुरुष र ७५९ महिला छन्।
कम्प्युटर अपरेटर अशोक घिसिङका अनुसार अन्तरजिल्ला मतदानका लागि ७८ जना मतदाताले पाँचथरमै फोटो खिचाएका छन्। नयाँ दर्ता समावेश गरेपछि जिल्लामा कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा गरेर मतदान योग्य हुने कुल मतदाताको संख्या १ लाख ४० हजार ६१६ पुगेको छ।
त्यसमध्ये पुरुष मतदाता ७४ हजार ३३२ र महिला ६६ हजार २८८ छन्। पाँचथरमा २०७९ सालको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा १ लाख ३८ हजार ९३२ मतदाता दर्ता भएका थिए।
प्रतिक्रिया