उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिनले सोरुमको सिसा फुटाउन सानो कंक्रिटको ब्लक प्रयोग गरेको प्रहरीको भनाइ छ । सोरुमभित्र एउटा मात्रै गाडी रहेको र अन्य सामान नहराएको बताइएको छ ।
गाडीसँगै चाबी पनि राख्ने गरिएका कारण चोरेर लैजानलाई सजिलो भएको पाइएको इन्स्पेक्टर ओलीले बताए ।सोरुममा रहेको सीसी क्यामेराको फुटेजबाट अनुसन्धान सुरु गरिएसँगै चोरीमा संलग्नलाई पक्राउ गरेर कारसमेत फेला पारिएको उनको भनाइ छ ।
प्रतिक्रिया