विद्यार्थीहरूले मार्च पास, सांस्कृतिक नृत्य, र कराते कात्ताजस्ता प्रस्तुति दिएर समारोहलाई आकर्षक बनाएका थिए। कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, खेल शिक्षक र प्रशिक्षकहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताले विद्यालयस्तरीय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्दै उनीहरूको क्षमता पहिचान र विकास गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ। वराहक्षेत्र नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने योजना बनाएको छ।
प्रतिक्रिया