त्रिशूलीमा मोटरसाइकल खस्दा लमजुङका युवक बेपत्ता

शुक्रबार, ०२ फागुन २०८१
काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित कालीखोलामा मोटरसाइकल दुर्घटना भएको छ । बिहान ११ बजेर ५५ मिनेटको समयमा नारायणगढबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । उक्त मोटरसाइकलमा सवार एक व्यक्ति त्रिशूली नदीमा खसेको स्थानीयले बताएपछि खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए । उनका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र भेटिएको छ । उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी ) रहेको खुल्न आएको छ । मोटरसाइकलमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयसहितको सहयोगमा बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार