काठमाडौँ : नेपालको आर्थिक समृद्धि र दिगो विकासका लागि आवश्यक रणनीति र उपायहरू प्रस्तुत गर्ने पुस्तक ‘कि अफ् हाउ टु डेभलप नेपाल’ सार्वजनिक भएको छ। यो पुस्तक अर्थविद् सेर जङ्ग बहादुर चन्द द्वारा लेखिएको हो र इन्दिगो इन्क द्वारा प्रकाशित गरिएको छ। पुस्तकमा नेपाललाई समृद्ध बनाउन दीर्घकालीन योजना, नीति, र कार्यान्वयनका उपायहरू विस्तृत रूपमा समेटिएका छन्।
पुस्तकमा मुख्यतः औद्योगिक विकास, व्यापार प्रवर्द्धन, पर्यटन विस्तार, वैदेशिक लगानी आकर्षण, भौतिक पूर्वाधार सुधार, सञ्चार तथा प्रविधिको प्रवर्द्धन, सहरी तथा ग्रामीण विकास, शिक्षा तथा स्वास्थ्य सुधार र अन्तर्राष्ट्रिय व्यापार विस्तारजस्ता विषयवस्तु समेटिएका छन्।
पुस्तकले साना तथा ठुला उद्योगहरूको विकासमा जोड दिएको छ ।
नेपाललाई प्रमुख अन्तर्राष्ट्रिय गन्तव्य बनाउने रणनीति, पूर्वाधार निर्माण, स्थानीय समुदायको सहभागिता र सरकार९निजी क्षेत्रको सहकार्यमा आधारित उपाय पुस्तकमा चर्चा गरिएको छ।
नेपालमा लगानीमैत्री नीति तथा कानुनी सुधार आवश्यक रहेको पुस्तकले औंल्याएको छ। प्रत्यक्ष विदेशी लगानी ९एफडीआई० आकर्षण र सम्भावित क्षेत्रहरूमा लगानीका अवसरबारे विस्तृत चर्चा गरिएको छ। सडक, रेल, विमानस्थल र ऊर्जा क्षेत्रमा लगानीको आवश्यकता औँल्याउँदै पुस्तकले सार्वजनिक९निजी साझेदारीमा आधारित दीर्घकालीन योजनाको प्रस्ताव गरेको छ।
इन्टरनेट तथा दूरसञ्चार पूर्वाधार विस्तार, प्रविधिमा नवाचार, र स्टार्टअप प्रवर्द्धनलाई प्रभावकारी बनाउन पुस्तकमा उल्लेख गरिएको छ।
सहरीकरणको सन्तुलित व्यवस्थापन, गाउँ र सहर बिचको आर्थिक अन्तर घटाउने उपाय, र यातायात तथा आवास नीतिको प्रभावकारी कार्यान्वयनबारे पुस्तकले प्राथमिकता दिएको छ।
गुणस्तरीय तथा व्यावसायिक शिक्षा प्रणालीको विकास, स्वास्थ्य सेवामा प्रविधिको प्रयोग र आधुनिक स्वास्थ्य पूर्वाधार निर्माण पुस्तकका मुख्य विषय हुन्।
व्यापार घाटा कम गर्ने रणनीति, निर्यातयोग्य वस्तु तथा सेवा प्रवर्द्धन, र अन्तर्राष्ट्रिय व्यापार सन्धिहरूको फाइदा उठाउने उपाय पुस्तकले प्रस्तुत गरेको छ। साथै, दक्षिण कोरिया, सिंगापुर र चीन जस्ता मुलुकहरूको सफल आर्थिक मोडेलबाट नेपालले सिक्न सक्ने पाठहरूको विश्लेषण गरिएको छ।
यो पुस्तक नीति निर्माताहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका लगानीकर्ता, अनुसन्धानकर्ता, विद्यार्थी, र नेपाललाई आर्थिक उन्नतिको मार्गमा लैजान चाहने सबैका लागि उपयोगी हुने विश्वास गरिएको छ। इन्दिगो इन्क द्वारा प्रकाशित पुस्तक अब देशभरका प्रमुख पुस्तक पसलहरू र अनलाइन माध्यमबाट उपलब्ध छ।
प्रतिक्रिया