सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक, अध्यादेशबारे छलफल हुँदै

आइतबार, ०४ फागुन २०८१
काठमाडौं ।  सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका छन् । सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे सचेतकहरू छलफलमा जुटेका हुन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागी छन्। बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौलासहित जसपा नेपाल, जसपा,  लोसपा, जनमत पार्टीका प्रमुख सचेतक सहभागी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार