काठमाडौं : लोकप्रिय कलाकार जितु नेपाललाई मातृशोक परेको छ । कलाकार नेपालकी आमा ८९ वर्षीया योगकुमारी नेपालको आइतवार बिहान ७ बजे आफ्नै निवासमा निधन भएको हो ।
दिवंगत नेपालका कलाकार जितु नेपालसहित छ जना छोरा तथा एक जना छोरी छन् ।
जितु नेपालका भतिजा तथा कलाकार निरज नेपालले कलाकर्मीलाई दिएको जानकारी अनुसार आइतवार १२ बजे पशुपति आर्यघाटमा दिवंगत नेपालको अन्त्येष्टि गरिने तय भएको छ ।
शोकाकूल नेपाल परिवारप्रति हार्दिक समवेदना ।
प्रतिक्रिया