काठमाडौँ : ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहनुहुने सांसदलाई सङ्घीय संसद् सचिवालय सिंहदरबारमा पेस गर्नसक्ने जानकारी दिए ।
सो विधेयकमाथिको सामान्य छलफलका क्रममा आज ६७ जना सांसदले आ–आफ्नो धारणा राखेका थिए । गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभासमक्ष पेस गरे । मन्त्री लेखकले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया