नेपाली विद्यार्थी मृत्यु प्रकरण: केआईआईटी कलेजका कर्मचारीहरू निलम्बित

मंगलबार, ०६ फागुन २०८१
काठमाडौं - भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युसम्बन्धी घटनामा संलग्न कर्मचारीलाई निलम्बित गरेको छ। केआईआईटी कलेजले बुधवार एक विज्ञप्ति जारी गर्दै दुई वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई घटनाको पूर्ण अनुसन्धानको लागि निलम्बन गरेको जानकारी दिएको छ। विज्ञप्तिमा कलेजले विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न लागि परेको पनि उल्लेख गरेको छ। कलेज प्रशासनले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दुःखको यो घडीमा परिवारसँगै अन्य सबैलाई सहानुभूति प्रकट गरेको छ। उक्त घटनाले कलेजमा विरोध प्रदर्शन र आन्दोलनको जन्म दिएको छ। घटनापछि कलेज प्रशासनले विद्यार्थीहरूलाई अमानवीय व्यवहार गर्दै निकालेको आरोप लागेको छ। यो घटनामा नेपाल सरकारको ध्यान आकर्षित भएको छ र कूटनीतिक पहल मार्फत कानुनी कारबाहीको लागि पहल भइरहेको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार