माबोमाथि कालोमोसो प्रकरणमा जसपा धरानका उपाध्यक्ष चेम्जोङ पक्राउ

मंगलबार, ०६ फागुन २०८१
धरान: ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकार परियोजनाको समर्थनमा लागेका पदम चेन्जि माबोमाथि कालोमोसो दल्ने घटनामा संलग्न भएको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल धरानका उपाध्यक्ष सुमन चेम्जोङ पक्राउ परेका छन्। सोमबार माबोले इलाका प्रहरी कार्यालय धरानमा कालोमोसो दल्ने आठ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मंगलबार प्रहरीले चेम्जोङलाई पक्राउ गरेको हो। माबोको जाहेरीका आधारमा धरान प्रहरीले सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जीको अनुमति लिई चेम्जोङलाई नियन्त्रणमा लिएको जानकारी डीएसपी प्रकाश जबेगुले दिएका छन्। माबोले कालोमोसो दल्नेविरुद्ध आपराधिक उपद्रो ऐन अन्तर्गत जाहेरी दिएका छन्। तर पक्राउ परेका चेम्जोङले आफूले माबोलाई कालोमोसो दल्ने समूहबाट छुट्याएर अप्रिय घटना रोक्ने प्रयास गरेको दाबी गरेका छन्। उनले आफूमाथि लगाइएको आरोप झूटो रहेको र यसबारे सत्यतथ्य छानबिन गर्न आग्रह गरेका छन्। आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, सुनसरीका कार्यकर्ताहरूले धरान-९ स्थित पुतलीलाइनमा माबोमाथि कुटपिट गर्दै कालोमोसो दलेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार