हाम्रो पार्टीका योद्धा मात्र योद्धा हुन्, हाम्रो पार्टीले गरेको आन्दोलन मात्र आन्दोलन हो भन्ने जुन एउटा अवधारणा छ, त्यो एकदमै गलत छ । यस्तो हुनु हुदैँन् । हामी त्यसको विरोध गर्छौ ।त्यसपछि नेपाली कांग्रेसको स्थापना भयो २००३ सालमा । त्यही २२ जना युवामध्येबाट पण्डित रमाकान्त झा नेपाली कांग्रेसको संस्थापक जिल्ला सभापति बन्नुभयो । त्यतिबेला पनि उहाँहरुले रााणा विरोधी आन्दोलनको सुरुमा राम्रो भूमिका निर्वाह गर्नुभएको थियो । ०७ साल फागुन ७ गते नेपालमा राणाहरुको एकतन्त्रीय जुन राणा शासन थियो त्यसको अन्त्य भएर नेपालमा प्रजातन्त्रको स्थापना हुन्छ । तर प्रजातन्त्रको स्थापनादेखि अहिलेसम्म प्रजातन्त्र सेनानी र सहीदहरुका परिवारहरुले अहिलेसम्म कुनैपनि पार्टी, सरकारबाट कुनै हेरचाह गरेका छैनन् । तथ्यांक राख्ने काम अहिलेसम्म पनि भएको छैन् । २००७ सालमा प्रजातन्त्र आएपछि त्रिपक्षीय सरकार स्थापना भयो–कांग्रेस, राणा र राजपरिवार । त्यसपछि २०१५ सालमा आम निर्वाचन भयो । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भयो । १०४ जनामा ७४ सिट कांग्रसले प्राप्त गरेको थियो । तर त्यो सरकारको २०१७ साल पुस १ गते हत्या हुन्छ । कांग्रेसको सरकार हुँदाहुँदै त्यो भन्दा अगाडि २००७ र ०८ र ०११ सालको सरकारले पनि प्रजातन्त्रका लागि लडेकाहरुलाई कुनै सेवा सुविधा दिएन । नेपालीमा उखान छ–‘खोला तर्यो लौरो बिर्सियो’ । अवस्था यस्तै छ । ०४६ सालको आन्दोलनमा म घाईते भए । टिचिङ अस्पतालमा उपचार गराएँ । ०४७ सालमा मैले लेख लेखें र काठमाडौंकै एक पत्रिकामा प्रकाशित गरें । जसका कारण त्यसबेलाका ेसरकारमा भूईँचालो नै आएको थियो । प्रजातन्त्रको लागि लडेका व्यक्तिहरुको अवस्थाको चित्रण गरेको थिए ।

न पार्टीले हेर्यो, न सरकारलेयस्ता कठिन परिस्थितीहरु पार गर्दै २०४६ सालको चैत्र २६ मा राती ११ बजे आएको प्रजातन्त्रको पुनःप्राप्तीपछि पनि अहिलेसम्म नेपालमा प्रजातान्त्रिक योद्दाहरुको न कुनै सम्मान छ, न कुनै अभिमान छ, न कुनै पहिचान छ । प्रजातान्त्रका लागि युद्दमा होमिएका सहीदका परिवारले अहिलेसम्म कुनै सम्मान भएको छैन् र राहत पनि छैन् । २००७ सालको राणाविरोधी आन्दोलनदेखि २०६२–६३ सालको प्रतिगमनको आन्दोलनसम्ममा प्रजातन्त्र पुनःस्थापनादेखि लोकतन्त्रको स्थापना र गणतन्त्रसम्म आइपुग्दा सहिदको कुनै लगत संकलन भएजस्तो लाग्दैन् । सरकार अथवा कुनैपनि पार्टीले लेखाजोखा राखेकै छैन् । खोजतलास गरेकै छैन् । खोलो तर्यो लौरो बिर्सिएको अवस्था छ । यसका विरुद्ध हामी फेरि उत्रनुपर्ने बेला आएको छ । नीति र नियम बनाएर प्रजातान्त्रिक योद्धाहरुलाई सम्मान गर्ने अवस्था सिर्जना गर्छौ । जो पनि सहीद अहिले पार्टीपिच्छे सहीदहरु छन् । माओवादी जनयुद्धका सहीदलाई सहीद मानिएको छ । कोही मधेशवादी दलका सहीदलाई सहीद मानिएको छ । तर म भन्छु यो नेपालमा मधेशवादीको जन्म कहिले भयो, माओवादीको जन्म कहिले भयो यीनिहरुको जन्म हुनु अगाडि देशमा प्रजातन्त्र नभएको भए मधेशवादी र माओवादीको जन्म हुन्थ्यो । यहाँ प्रश्न छ । नेपालमा प्रजातन्त्र आएर नै यीनिहरुको जन्म भएको हो । र यीनिहरु आज प्रजातान्त्रिक योद्धाहरुलाई नै बिर्सिएका छन् । सहीद र सहीदका परिवारलाई नै बिर्सिएका छन् । हाम्रो पार्टी योद्धा मात्र योद्धा हुन्, हाम्रो पार्टीले गरेको आन्दोलन मात्र आन्दोलन हो भन्ने जुन एउटा अवधारणा छ यो एकदमै गलत छ । यस्तो हुनु हुदैँन् । हामी त्यसको विरोध गर्छौ ।


प्रतिक्रिया