विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको कोशी अस्पतालमा मंगलबारदेखि ‘पोष्ट अपरेटिभ वार्ड’ सञ्चालनमा ल्याइएको छ । ५ शैय्याको वार्ड सञ्चालनमा ल्याइएको हो ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुना झाले अस्पतालमा उपलब्ध स्रोत साधनकोे प्रयोग गरी भेन्टिलेटरसहितको वार्ड सञ्चालन गरिएकोे जानकारी दिइन् । उनका अनुसार शल्यक्रिया गरिएका बिरामीलाई राख्न वार्ड आवश्यक थियो ।
‘पोष्ट अपरेटिभ वार्ड’ नहुँदा यसअघि शल्यक्रियापछि बिरामीलाई आईसीयू वा अवस्था हेरेर अन्ड वार्डमा राख्ने गरिएको थियो । अस्पतालमा रहेको स्रोतको अधिकतम् प्रयोग गरी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने डा. झाको भनाइ छ ।
कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा नेपालसहित भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालबाट दैनिक १ हजारभन्दा बढी बिरामीले सेवा लिने बताइएको छ ।
प्रतिक्रिया