प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारका लागि छानिए १० जना, कुन विधाबाट को ?

बुधबार, ०७ फागुन २०८१
काठमाडौँ। सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारका लागि १० जनाको नाम छानेको छ। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधवार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा पुरस्कारका लागि छनोटमा परेकाहरूको नाम घोषणा गरिएको छ। टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा, विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा, विज्ञान प्रविधितर्फ आभाष मास्के र हरिराम श्रेष्ठलाई पुरस्कार दिइने भएको छ। यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओम मूर्ति अनिल, खेलकुदतर्फ सावित्रा भण्डारी, सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी, मानव सेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ र रामजी अधिकारी तथा कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई पुरस्कार दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। कार्यालयका अनुसार एक समारोह गरी पुरस्कार प्रदान गरिनेछ। सरकारले पहिलो पटक २०७६ मा दुई विधाका तीन जनालाई पुरस्कार प्रदान गरेकामा त्यसपश्चात् रोकिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार