काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले युकेमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको इन-हाउस सूचना सत्र सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रम इन्लाइटनको बागबजारस्थित केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो।
युनिभर्सिटी अफ सन्डरल्यान्ड, युकेको अप्रिल इन्टेकका लागि विशेष सूचना सत्रमा विद्यार्थीहरूले युनिभर्सिटीका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्ने मौका पाए।
कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको र उपयोगी जानकारी उपलब्ध गराइएको इन्लाइटनकी कार्यकारी निर्देशक सीता भट्टराईले जानकारी दिइन्।
सत्रमा सहभागी विद्यार्थीहरूले ५ हजार पाउण्डसम्म छात्रवृत्ति अवसर, प्री-क्यास अन्तर्वार्ता बिना आवेदन प्रक्रिया, र योग्य विद्यार्थीका लागि अंग्रेजी भाषा छुटजस्ता सुविधा पाएका छन्।
युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको शीर्ष ४० विश्वविद्यालयमध्ये एक रहेको र अन्तर्राष्ट्रिय विद्यार्थी विविधताका लागि विश्वकै दोस्रो स्थानमा रहेको गार्जियन युनिभर्सिटी गाइड २०२५ र क्यूएस वर्ल्ड युनिभर्सिटी र्याङ्किङ २०२५ मा उल्लेख गरिएको छ।
युनिभर्सिटीका क्षेत्रीय मार्केटिङ म्यानेजर तरुण कुमार शर्माका अनुसार विश्वविद्यालयको अध्ययन वातावरण र सेवा सुविधाहरू विद्यार्थीका लागि उत्कृष्ट छन्।
इन्लाइटनले विद्यार्थीहरूलाई युकेको गुणस्तरीय शिक्षा प्रणाली, छात्रवृत्तिको सम्भावना, र अध्ययन प्रक्रिया सम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्य राख्दै आएको छ।
साढे एक दशकदेखि शैक्षिक परामर्शमा क्रियाशील इन्लाइटनले विद्यार्थी र अभिभावकमाझ विश्वासिलो छवि बनाउन सफल भएको छ।
प्रतिक्रिया