धरानमा खुकुरी रनिङ गल्फ प्रतियोगिता आयोजना हुँदै

विहीबार, ०८ फागुन २०८१
धरान : धरानमा फागुन ९ र १० गते खुकुरी रनिङ गल्फ प्रतियोगिता आयोजना हुने भएको छ। कोशी प्रदेश गल्फ एसोसिएसन र धरान गल्फ क्लबको संयुक्त आयोजनामा यो प्रतियोगिता हुने भएको हो । नेपाल डिस्टिलरीद्वारा प्रायोजित यस प्रतियोगिता तेस्रो संस्करण रहेको कोशी प्रदेश गल्फ एसोसिएसनका अध्यक्ष सुयेश प्याकुरेलले बताए । प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ, जसमा पहिलो दिन शुक्रवार जुनियरतर्फको प्रतिस्पर्धा हुनेछ भने दोस्रो दिन शनिवार एमेटुएर च्याम्पियनसिप आयोजना हुनेछ। प्रतियोगितामा काठमाडौँ, पोखरालगायत विभिन्न स्थानहरूबाट नेपालभरिका १०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहनेछ। विशेष गरी जुनियरतर्फको प्रतिस्पर्धामा देशभरका जुनियर खेलाडीहरूले सहभागिता जनाउने छन्। कोशी प्रदेश गल्फ एसोसिएसनका सदस्य राजीव घिमिरेका अनुसार प्रतियोगितामा १८ वटा शीर्षकमा पुरस्कार वितरण गरिनेछ। यो प्रतियोगिता धरानस्थित विपी विज्ञान प्रतिष्ठानमा रहेको धरान गल्फ क्लबमा आयोजना हुने क्लबका कार्य बाहक अध्यक्ष दियोरज पाख्रिनले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार