अहिलेको सरकार निरकुंश सरकार हो : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

विहीबार, ०८ फागुन २०८१
धरान । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री र गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई निरकुंश सरकार भएको बताएका छन्। बिहीबार धरान उपमहानगरपालिकामा आयोजित कार्यकता भेटघाट कार्यक्रममा उनले यो टिप्पणी गरेका थिए। माओवादी केन्द्र, जो अहिले देशको प्रमुख विपक्षी दल बनेको छ, भ्रष्टाचार, बेथिति र निरकुंशताको विरुद्धमा अभियान चलाइरहेको उनले बताए। श्रेष्ठले भने, "हामीले सबै विषयलाई विचारपूर्वक अघि बढाउँछौं। माओवादी केन्द्र सरकारमा नभएका कारण हामी सदनमा केन्द्रीत आन्दोलनलाई अघि बढाइरहेका छौं।" उनले सरकार, संसद र सडकलाई संघर्षका प्रमुख मोर्चा बनाउँदै देशको आर्थिक र सामाजिक पक्षलाई सबल र समृद्ध बनाउन विकासका कामलाई तीव्र बनाउने बताउँदै ती तीन मोर्चा प्रमुख हुने बताए। त्यस्तै, उनले स्थानीय निकाय, प्रदेश र केन्द्र संसदमा विकास, समृद्धि र सुसासनका मुद्दा उठाउने र यसलाई संघर्षको मुख्य उद्देश्य बनाउने कुरा पनि उल्लेख गरे। उनले भने, "हालै ६ वटा विद्येयक राष्ट्रिय सभामा पेश भएका छन्। यी विद्येयक पास भएमा देशमा तानाशाही प्रवृत्ति बढ्ने खतरा छ।" उनले पार्टीलाई बन्देज गर्न ल्याएको थ्रेसहोल्ड र सामाजिक सञ्जाल नियमनका सम्बन्धमा ल्याइएको विद्येयकले वर्तमान सरकार तानाशाहीको प्रयास गर्दैछ भने। श्रेष्ठले जनताको बलिदानीबाट प्राप्त लोकतन्त्रमा असर पर्ने डर व्यक्त गर्दै यसलाई रोक्न आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारलाई कटिबद्ध गराउन लागिपरेको पनि बताए। अन्त्यमा, नेकपा (माओवादी केन्द्र) सरकारले सत्ता बनाउन वा गिराउनको सट्टा संगठनलाई बलियो बनाउँदै आर्थिक र सामाजिक रूपान्तरणको नेतृत्व गर्न अघि बढेको बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार