काठमाडौँ : इन्लाइटन इन्टरनेशनल एजुकेशनले संयुक्त राज्य अमेरिकामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एक विशेष जानकारी सत्रको आयोजना गर्ने भएको छ। यो कार्यक्रम (भोलि)शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा पार्क युनिभर्सिटीका अन्तर्राष्ट्रिय शिक्षाका सह उपाध्यक्ष श्री केभिन विकरको उपस्थिति रहनेछ।
कार्यक्रमले विद्यार्थीहरूलाई संयुक्त राज्य अमेरिकाको शैक्षिक अवसर र पार्क युनिभर्सिटीमा अध्ययनका सम्भावनाहरूको विस्तृत जानकारी दिने उद्देश्य लिएको छ। श्री विकरले पार्क युनिभर्सिटीका प्रमुख कार्यक्रमहरू, भर्ना प्रक्रिया, छात्रवृत्तिका अवसरहरू, र भविष्यका करियर सम्भावनाबारे सहभागीहरूलाई मार्गदर्शन गर्नेछन्।
पार्क युनिभर्सिटीले व्यवसाय विश्लेषण, व्यवसाय प्रशासन, सूचना प्रविधि, साइबर सुरक्षा, नर्सिङ, जीवविज्ञान, मनोविज्ञान, आपराधिक न्याय, शिक्षा, सञ्चार र नेतृत्व, र सामाजिक कार्यजस्ता चर्चित कार्यक्रमहरू उपलब्ध गराउँदै आएको छ। यी क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूले आफ्नो भविष्यको योजना बनाउने क्रममा यस सत्रबाट जानकारी प्राप्त गर्ने सक्नेछन्।
कार्यक्रममा योग्य विद्यार्थीहरूका लागि ६ हजार डलर सम्मको छात्रवृत्ति र अन्य फाईदाहरूबारे जानकारी प्रदान गरिनेछ। सहभागीहरूले विकरसँग प्रत्यक्ष रूपमा आफ्ना जिज्ञासाहरू राख्ने अवसर पाउनेछन्, जसले उनीहरूलाई आफ्नो अध्ययन योजनालाई थप स्पष्ट बनाउन मद्दत गर्नेछ।
इन्लाइटन इन्टरनेशनल एजुकेशनले संयुक्त राज्य अमेरिकामा उच्च शिक्षा हासिल गर्ने योजना बनाइरहेका सबै विद्यार्थीहरू र अभिभावकहरूलाई यस सत्रमा सहभागी हुन हार्दिक आमन्त्रण गरेको छ। यो कार्यक्रम अमेरिकामा आफ्नो शैक्षिक सपना साकार पार्न चाहने विद्यार्थीहरूको लागि महत्वपूर्ण अवुसर हुने आयोजकले बताएको छ ।
प्रतिक्रिया