धरान धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र हो : मुख्यमन्त्री कार्की

शुक्रबार, ०९ फागुन २०८१
धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रको रुपमा रहेको बताएका छन् । धरान उपमहानगरपालिका– ८ स्थित श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले निर्माण गरेको धर्मशाला आज उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले धरान पर्यटन कृषि उत्पादन तथा बहुसांस्कृतिक बहु भाषिक र बहु धार्मिक हिसाबले पनि महत्वपूण नगरको रुपमा रहेको बताए । मुख्यमन्त्री कार्कीले धरानको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “यस्ता धार्मिक पर्यटकीयस्थलको प्रबद्र्धनका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष बजेट विनियोजन गर्ने छ”, उनले भने । उक्त धर्मशाला ३ करोड १५ लाखको लागतमा निर्माण गरिएको बताइएको छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार