धरानबाट लागूऔषध र प्रतिबन्धित औषधि सहित महिला पक्राउ

आइतबार, ११ फागुन २०८१
धरान : लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा धरान उप-महानगरपालिका–८ की २९ वर्षीया सुष्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो २  बजे, धरान उप-महानगरपालिका–१६ स्थित कुन्ता शर्माको घरमा कोठा भाडामा लिएर बस्दै आएकी तामाङ लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको कोठाबाट लागूऔषध ट्रामाडोल  ३ हजार २१० क्याप्सुल, प्रतिबन्धित औषधि SPASPEST १ हजार ६६० ट्याब्लेट र SPASPAIN ७३० ट्याब्लेट बरामद गरेको छ। पक्राउ परेकी तामाङलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, धरान ल्याइएको सुनसरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार