डोजरले खसालेको ढुङ्गाले लाग्दा ६ वर्षका बालकको मृत्यु, आमा गम्भीर

सोमबार, १२ फागुन २०८१
मुगु । मुगुको सोरु गाउँपालिका अन्तरगत पर्ने वडा नम्बर १० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले ढुङ्गा खसाल्दा एक जनाको मृत्यु भएको छ । हुम्लाबाट आफ्नो घर धैन तिर फर्किँदै गर्दा सोरु गाउँपालिका १० बलाडि नजिकै डोजरले खसालेको ढुङ्गा लागेर धैन घर भएका ६ वर्षका बालक लोक जङ्ग नेपालीको घटना स्थलमै मृत्यु भएको हो । आमा कल्पना नेपाली सिकिस्त घाइते भएको स्थानीयले बताएका छन् । उक्त सडक खण्डको ठेक्का हुम्ला निवासी धुब्र शाहि र डोजर धनी सोही वडा निवासी नवराज मल्लले सडकको निर्माण जिम्मा लिएका छन् । घटना सदरमुकामदेखि टाढा भएको हुनाले थप विवरण आउन बाँकी रहेको छ । अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिहरेको छ । घाइते कल्पना नेपालीलाई जिल्ला सदरमुकाम गमगढी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार