इन्स्पेक्टर मृत्यु प्रकरण : सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

सोमबार, १२ फागुन २०८१
काठमाडौं । सशसत्र प्रहरी बल(एपीएफ) मा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको शङ्कास्पद मृत्युबारे प्रहरीमा जाहेरी परेको छ । शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत बेरेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । महतको परिवारले उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा उनीभन्दा १६ बेसिकका एक इन्स्पेक्टर विरुद्ध किटानी जाहेरी दिएका छन् ।  सशस्त्र प्रहरी स्रोतका अनुसार उनीहरू इन्स्पेक्टर र महत प्रेमी–प्रेमिका रहेको दाबी गरकाे छन् । उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ । उक्त घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार