बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सोमबार, १२ फागुन २०८१
बागलुङ : बागलुङको बडिगाड गाउँपालिका ९ दर्लिङमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका जिल्लाको निसीखोला गाउँपालिका ७ चोलाङका ७५ वर्षिय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका ५ नाथुरे बस्ने ३५ वर्षिया जुना कँडेलको मृत्यु भएको हो । बडिगाड गाउँपालिका ७ भिमगिठेबाट ग्रामीण सडक हुँदै खहरेतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको पिकअप जिप सोमबार साँझ सार्कीपाटा घुम्तीमा दुर्घटना भएको हो । ब्रेक फेल भएर दुर्घटनामा परेको जिप सडकबाट झण्डै ६० मिटर तल खसेको यादवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार