पोखरा : राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
मङ्गलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
एनएफपिजेको उपाध्यक्षमा वसन्त शेर्पा, सचिवमा प्रेम थापा, कोषाध्यक्षमा गणेश बज्रलामा, सहसचिवमा माधव पोखरेल चयन भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यमा हुमबहादुर गुरुङ, अभिनन्दन बजिमिया, मदनमणि तिमिल्सिना, सागर ढकाल चयन भएका छन् ।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले संस्थागत रूपमा अग्रज फोटो पत्रकारहरूसँग समन्वय गरेर काम गर्ने बताए ।
कार्यक्रममा राधिका कँडेलले फोटो पत्रकारको हकहितमा काम गर्न आग्रह गरिन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले फोटो पत्रकार हरूको हकहितका क्षेत्रमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया