इलाम। इलाममा सामुदायिक कुकुरको संख्या वृद्धि भएपछि नियन्त्रणका लागि बन्ध्याकरण अभियान सञ्चालन गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलाम को आयोजनामा ३ दिनसम्म निःशुल्क सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप शिविर सञ्चालन भइरहेको छ।
शिविरको पहिलो दिनमै १०० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ, जसमा ८८ पोथी र २१ भाले कुकुर रहेका छन्।
इलामका प्रमुख भेटेरिनरी डाक्टर राघवेन्द्र तिवारीको नेतृत्वमा ५ जना डाक्टर र २१ जना पशु प्राविधिक सम्मिलित टोलीले यो अभियान सञ्चालन गरिरहेको छ।
इलाम नगरपालिकाका प्रमुख केदार थापा का अनुसार सामुदायिक कुकुरको टोकाइबाट रेबिज रोग फैलिने समस्या बढेकाले यस अभियानले रोग नियन्त्रणमा मद्दत पुग्नेछ।
स्थानीय तहमा कुकुरको संख्या वृद्धि भएपछि नियन्त्रणका लागि यस अभियान थालिएको उनले बताए।
प्रतिक्रिया