जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गोला प्रथाबाट केन्द्राध्यक्ष तोकिनुपर्ने अडान लिनु हास्यास्पद र दोषपूर्ण रहेको नेपाल शिक्षक संघ मधेस प्रदेश समितिले टिप्पणी गरेको छ ।
शिक्षक संघ मधेस प्रदेशका अध्यक्ष परशुराम यादव र महासचिव विजयकुमार झाले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी मुख्यमन्त्रीको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विद्यार्थीको भविष्य कोर्ने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्वच्छ, निष्पक्ष, मर्यादित र भय रहित वातावरणमा परीक्षा सञ्चालन गर्ने हाम्रो पनि चाहना रहँदा रहँदै पनि मधेस प्रदेश सरकारले नियम विपरीत परीक्षा सञ्चालन गर्न खोज्नु हास्यास्पद र दोषपूर्ण रहेको उल्लेख गरेका छन् ।
‘राष्ट्रिय परीक्षा बोर्ड एसइई परीक्षा सञ्चालन निर्देशिका अनुसार परीक्षा सञ्चालन, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा निरीक्षकहरुको व्यवस्था रहेको कुराको हेक्का नराखी परीषाको मुखमा गोला प्रथाद्वारा केन्द्राध्यक्ष चयन गरिने भनी माध्यमिक शिक्षा परीक्षा जस्तो समावेदनशीलतालाई नजर अन्दाज समेत गर्न नसक्ने मधेस प्रदेश सरकारको यस्ता गैर जिम्मेवारी क्रियाकलापको घोर भत्र्सना गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथावाट हुनुपर्ने नत्र हामी एसइई परीक्षाको कार्यबाट बाहिरिने चेतावनी दिएका थिए ।
प्रतिक्रिया