कृषि जागरण फैल्याउन पूर्वमा 'विप्लव'

शुक्रबार, ०८ चैत्र २०८१
इटहरी : ‘आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवम् कार्यकर्ता’ भन्ने नारासहित कृषि क्रान्तिमा होमिएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ यति वेला पूर्वमा छन् । २०७७ फागुन २१ गते सरकारसँग तीन बुँदे सहमतिका साथ हिंसात्मक आन्दोलनलाई विश्राम दिँदै विप्लव आफैँ कृषि र औद्योगिक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको बताउँछन् । नेकपा माओवादी केन्द्रको सशस्त्र आन्दोलनको साथमा रहेर र पछि माओवादी विभाजनपछि आफ्नै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका विप्लवले आफ्नो कृषि क्रान्तिको अभियानलाई तल्लो तहसम्म पूर्याउनका लागि पूर्वका विभिन्न ठाउँमा कार्यकर्ता र सुवेक्षुकसंग भेटिरहेका हुन् । झापा, मोरङ, सुनसरीका स्थानीयका साथै जनमूक्ति सेनासँग अन्तरसम्बाद र भेटघाटका क्रममा उनले भन्ने गरेका छन्, ‘गाउँ गाउँमा उत्पादन वृद्धिका लागि हाम्रो पार्टी केन्द्रित हुन्छ । त्यसको सुरुवात म आफैँले गरेको छु । यसमा तपाईँहरूले पनि साथ दिन आवश्यक छ ।’ शुक्रवार इटहरीमा जनमूक्ति सेनासँगको अन्तरक्रियाका क्रममा पनि उनले थपे उद्यमशीलता अभियानलाई जोड् दिँदै आफूमा निर्भर रहने कुरालाई जोड दिएका छन् । भूमिगतबाट खुल्ला राजनीतिमा आएका विप्लवले गृह जिल्ला कपिलवस्तुको शिवगढीमा सामूहिक कृषि खेतीका साथ जुम्ला, हुम्ला, कालिकोट, मुगुलगायतका जिल्लामा स्याउ, ओखर खेती र भेडा पालन अभियान सञ्चालन भइरहेको छ । जसले विना बिचौलिया सिधै बजारसम्म बस्तु आउने र लागतको कमी हुँदा उपभोक्ताकोमा आई पुग्दा सस्तो पुग्न जाने उनको अभियानमा सघाइरहेकाहरू बताउने गर्दछन् । इटहरीमा भेटिएका एक सहयोगीले भने,‘अहिले बजारमा विचैलियाले समेत हाम्रो अभियानका विरुद्धमा लागिरहेको अवस्था छ । हाम्रो उत्पादन भएको सामग्री सिधा बजारमा आउने भएकाले बिचमा रहेका बिचौलियालाई समस्या भएको छ । तर हामी चाहान्छौं आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवम् कार्यकर्ता ।’ विप्लवले गत फागुन ११ गते मात्रै जुम्लाको हिमा गाउँपालिका–७, धौलापानीमा सहिद परिवारकी कृष्ण कौरा शाहीको जग्गा २० वर्षका लागि लिजमा लिएर २ हजार स्याउका बिरुवा तथा ४ सय दाँते ओखरका बिरुवा रोपिएको उनको पार्टी नेकपा बताउँछ । कालिकोटमा दाँते ओखर स्याउ, हुम्ला, मुगु, सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिमका विभिन्न क्षेत्रमा पनि धान, कोदो, दाल तथा अन्य बाली लगाइएको छ भने, भेडा पालन पनि सुरु गरिएको छ । विदेशमा गएर श्रम बेच्नुभन्दा स्वदेशमै श्रम गरौँ, उत्पादन बढाऔँ भन्दै कृषि र पशुपालनमा लाग्न उनले आह्वान गरेका छन् । इटहरी आएका विप्लवलाई यहाँको वित्तीय संस्थाको ऋण तथा कर्जा व्यवस्थापन समितिले पनि विप्लवको ध्यानाकर्षण गराएको छ । समितिका संयोजक भोला निरौलाले बैङ्कले ऋणका लागि पनि अनावश्यक झमेला निकाल्ने र अधिक व्याजका कारण पनि उत्पादनसँग जोडिन समस्या हुने गरेको उल्लेख गरेका छन् । निरौला प्रदेशखबरसंग भन्छन्, उत्पादन गर्ने कुरालाई बैङ्कमा झन्झटिलो प्रक्रिया छ । तीन महिनामा कुनै पनि बस्तु उत्पादन हुन सक्दैन तर बैङ्कले व्याज लिन थालिसकेको हुन्छ । बैङ्क व्यवसायमैत्री बन्नुपर्नेमा हामीले महासचिवको ध्यानाकर्षण गराएका छौँ । गणतन्त्रका पक्षमा छन् जनता विप्लवले गणतन्त्र नेपालकी जनताको अपेक्षा, माग र आवश्यकता भएको उल्लेख समेत गरेका छन् । पछिल्लो दिनमा राजावादीको सक्रियता बढिरहेकोमा उनले राजावादीको पक्षमा मात्रै जनता नभएर गणतन्त्र र समाजवादको पक्षमा असङ्ख्य जनता रहेको बताए । उनले भने, ‘अहिलेको सरकार समाजलाई रूपान्तरण गर्ने कुरामा असफल देखिएको छ । अहिलेको व्यवस्था नै अधुरो छ । पहिलो संविधान बनाउँदा नै विवादहरू भयो । अहिलेको गणतन्त्र त हो तर जनताको गणतन्त्र बनाउने कामहरू भएको छैन । राजतन्त्रबाट गणतन्त्रमा आउनु त प्रगतिको कुरा हो । समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यकता पनि हो ।’ उनी पूर्वका कार्यकर्तासंगगको अन्तरक्रिया सकाएर जनकपुर लागिसकेका छन् । [caption id="attachment_92996" align="alignnone" width="1920"] Photo: Nepal news Bank[/caption]

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार