ओलीजी र म गोलघरमा सँगै बसेका हौं, सम्बन्ध पूरानै हो : सभापति देउवा

मंगलबार, १२ चैत्र २०८१
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित सुजाता कोइरालाको आत्मकथा ‘म र मेरो सानुबुबा’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले आफूहरू जेलदेखिकै साथी रहेको भन्दै आगामी दिनमा पनि पूर्ण साथ समर्थन रहेको बताएका हुन् । उनले भने,‘ओलीजी र कांग्रेसबीच समन्वय भएको छ । हामी जेलमा पनि सँगै बसेको हौँ । हामी त जेलभित्रको पनि जेल गोलघर भन्ने ठाउँ छ त्यहाँ पनि सँगै थियौँ । त्यसैले पनि हाम्रो सम्बन्ध राम्रो छ । अहिले पनि राम्रोसँग अघि बढेर जाँदैछौं । अहिले सत्तामा सहकार्य गरिरहेका छौँ । काङ्ग्रेसबाट उहाँलाई पूरा सपोर्ट छ ।’ त्यस्तै उनले गिरिजाप्रसाद कोइरालाले आफूलाई पार्टीबाट निकाल्दा आफूले अर्को पार्टी खोलेको स्मरण गर्दै आफूहरूबिच उतारचढावको सम्बन्ध रहेको बताए । उनले भने,‘ गिरिजाप्रसाद कोइरालाजीको कुरा गर्दासम्बन्धमा धेरै उतारचढाव आए । उहाँले मलाई पार्टीबाट निकाल्नुभयो । मैँले अर्को पार्टी खोलेँ । त्यसैले उहाँसँगको सम्बन्ध चाहिँ उतारचढावको सम्बन्ध छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार