इलाम : इलाममा एक बालिकालाई बलात्कार गर्ने एक जनालाई १२ वर्ष कैद फैसला भएको छ ।
१३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा इलाम नगरपालिका–११ का भरतवीर राईलाई जिल्ला अदालत इलामले १२ वर्ष कैद सजाय सुनाइएको हो ।
कैदसँगै अदालतले राईलाई पाँच लाख रुपियाँ जरिवाना र तीन लाख रुपियाँ पीडित राहत कोषमा बुझाउन पनि आदेश दिएको छ ।
गएको ०८१ जेठ १३ गते देखि पटक–पटक करणी गरेको भन्दै पीडितका अभिभावकले राई विरुद्ध जिल्ला प्रहरीमा जाहेरी दिएका थिए ।
प्रतिक्रिया