काठमाडौँ : बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
योन्हाप न्युज एजेन्सीका अनुसार आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका चालकको मृत्यु भएको छ।
राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडमा जङ्गलमा लागेको डढेलो निभाउने क्रममा स्थानीय समय अनुसार दिउसो करिव १२ः५४ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो।
दक्षिण कोरियाको जङ्गलमा लागेको डढेलोका बुधबार मध्यान्हसम्ममा कम्तीमा १८ जनाको मृत्यु भएको एक जना बेपत्ता भएको वन सेवा अधिकारीहरूलाई उद्धृत गर्दै योन्हापले जनाएको छ।
प्रतिक्रिया