इटहरी । सुनसरीको गढी गाउँपालिका २, औरावनीस्थित एसइई परीक्षा केन्द्र नजिकै प्रश्न पत्रको प्रिन्ट गर्दै गरेका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक विषयको प्रश्नपत्र प्रिन्ट गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
बुधवार बिहान करिब १०ः१० बजे सरस्वती मावि परीक्षा केन्द्रबाट करिब १.५ किलोमिटर पूर्व एक पसलमा शिक्षकले ह्वाट्सअपमा भएको प्रश्नपत्र प्रिन्ट गर्न लागेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक विनोद खाँ थारुको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
अनुसन्धानका क्रममा गढी गाउँपालिका १, मधेली निवासी तथा कामक्षा बोर्डिङ स्कुलका शिक्षक ५० वर्षीय मनोज कुमार चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
हाल उनलाई औरावनी प्रहरी चौकीमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया