तीनकुनेमा तनावः राजावादी प्रदर्शनकारीमाथि लाठीचार्जसँगै अश्रुग्यास प्रहार

शुक्रबार, १५ चैत्र २०८१
काठमाडौं । राजावादी प्रदर्शनकारीहरु तिनकुनेतर्फबाट बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ । प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास प्रहार गरेको हो । काठमाडौं प्रशासनले गणतन्त्र पक्षधर समाजवादी मोर्चाको प्रदर्शन पनि आजै भृकुटीमण्डपमा भएकाले राजावादीलाई तीनकुनेको स्थान तोकेको थियो । तर, उनीहरु बानेश्वरतर्फ अघि बढेपछि तनावको स्थिति पैदा भएको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा राजसंस्था पुनःस्थापनाको मागसहित प्रदर्शन हुँदैछ । उनलाई नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले जनकमाण्डर घोषित गरिसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार