काठमाडौँ। तीनकुनेस्थित राजावादी प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीको हस्तक्षेपमा केहीबेर भीड तितरबितर भएको छ।
प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गर्यो, जसका कारण मञ्चमा पुगेका राजावादी वक्ताहरू बाहिर निस्किएका छन्।
तर, पछि कमाण्डको जिम्मा पाएका दुर्गा प्रसाई मञ्चमा आएर भीडलाई सम्हाल्ने प्रयास गरे। अराजक भीडले व्यक्तिगत घरहरूमा पनि ढुंगा फ्याँकेका थिए। तर, प्रसाईको आह्वानपछि तितरबितर भएको भीड फेरि एकत्रित हुन थालेको छ।
सभा नै बिथोलिएपछि तीनकुने क्षेत्र तनावग्रस्त भएको थियो। नेतृत्वविहीन भीडको अराजकता कारण सभा सुरु नहुँदै बिथोलिन पुगेको हो।
सो क्रममा प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको छ भने केही प्रदर्शनकारी घाइते भएका छन्।
प्रतिक्रिया