तोडफोडपछि राजावादीहरूले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी

शुक्रबार, १५ चैत्र २०८१
काठमाडौँ । राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन् । प्रदर्शनकारीहरूले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए । पछि आगजनी गरेका हुन् । नेपाल न्यूज बैङ्कका प्रतिनिधि विजेन अमात्यका अनुसार प्रदर्शनकारीहरू नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरू फुटाए, त्यसपछि प्रदर्शनकारीहरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् । प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए । तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । राजवादीहरूको आमसभा समेत प्रभावित बनेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार