खोलाको किनारमा महिलाको शव फेला, पहिचान खुलेन

शुक्रबार, १५ चैत्र २०८१
रौतहट । रौतहटको मनुसमारा खोलाको किनारमा फेला परेको शव पहिचान खुलेको छैन । राजदेवी नगरपालिका–६ स्थित मनुसमारा खोलाको पूर्वी किनारमा शुक्रवार बिहान करिब ३५ वर्षीया महिलाको शव फेला परेको हो । मृतकको खुट्टा पानीमा डुबेको र शरीरको अन्य भाग बाहिर रहेको अवस्थामा देखिएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायका अनुसार महिलाको शवबाट पहिचान खुल्ने कागज फेला नपरेकाले नाम, थर र ठेगाना नखुलेको हो । महिलाको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । यस घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको र शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार