इलाम : इलामको सूर्योदय नगरपालिका–२ चारमाइल नजिकैको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छलेर ल्याइएका सामग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट सशस्त्र प्रहरी नायव निरीक्षक यादव दाहाल नेतृत्वको सात सदस्यीय मोबाइल गस्ती टोलीले भारततर्फबाट नेपालतर्फ ल्याइँदै गरेको मोटरसाइकल (ना. १ प. ६४९०) रोकेर जाँच गर्न खोज्दा चालक फरार भएको प्रहरीले जनाएको छ।
चालक भागेपछि गस्ती टोलीले मोटरसाइकलसहित एक बोरा लत्ताकपडा बरामद गरेको हो। बरामद लत्ताकपडाको मूल्य करिब ९५ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। मोटरसाइकलको मूल्य करिब एक लाख रुपैयाँ आँकलन गरिएको छ।
पक्राउ परेका सबै सामग्री आवश्यक कानूनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया