सोही क्रममा प्रसाईँ निजी गाडीमा बसेर बाहिरिएका थिए । राजावादीका अन्य अगुवाहरू भने तीनकुने क्षेत्रमै बसेर ढुंगामुढालाई नियालेका थिए ।
प्रदर्शनकारीहरूले आलोक नगरमा रहेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनी गरेका थिए भने नजिकै रहेको अन्नपूर्ण पोष्ट दैनिक र कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि तोडफोड गरेको नेपाल न्यूज बैङ्कका प्रतिनिधि सरोज शाहीले जानकारी दिए ।
त्यस्तै उनीहरूले सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड गरे भने कोटेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटमा लुटपाट मच्चाएका थिए ।
प्रतिक्रिया