जडिबुटी प्रशोधन केन्द्रमा आगजनी, आधा दर्जन गाडी जले

शुक्रबार, १५ चैत्र २०८१
काठमाडौँ: राजतन्त्र पक्षधर समूहले कोटेश्वरस्थित जडिबुटी प्रशोधन केन्द्रमा आगजनी गरेका छन्। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेपछि तितरबितर भएका उनीहरूले प्रशोधन केन्द्रमा आगो लगाएका हुन्। प्रशासनले जडिबुटी पुलसम्म कर्फ्यू लागू गरेको थियो। उनीहरूले जडिबुटी परिसरमा पार्किङ गरिएका आधा दर्जन गाडीमा समेत आगो लगाएका छन्। जडिबुटी क्षेत्र अहिले तनावग्रस्त बनेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार