राजावादीको आन्दोलन हिंसात्मक : आयोग

शुक्रबार, १५ चैत्र २०८१
काठमाडौं : राजावादीहरुको प्रदर्शन हिंसात्मक भएको राष्ट्रिय मानव अधिकार आयोगले निष्कर्ष निकालेको छ । एक विज्ञप्ति जारी गरी आन्दोलन हिंसात्मक बनेको टिप्पणी गरेको हो । शुक्रबार राजधानी काठमाडौंमा समाजवादी मोर्चा र राजावादीहरुको छुट्टाछुट्टै आमसभाको कार्यक्रम थियो । आयोगले चारवटा उच्चस्तरीय टोली बनाएर अनुगमन गरेको थियो । अनुगमनको क्रममा राजावादीहरुको आन्दोलन हिंसात्मक देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम भएको विज्ञप्तिमा उल्लेख छ । आयोगले आगामी दिनमा आफ्ना प्रदर्शन र कार्यक्रमहरुलाई शान्तिपूर्ण बनाउन, अधिकारको प्रयोग गर्दा अरुप्रति पर्नजाने असरमा संवेदनशील हुन पनि आयोगले आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार