काठमाडौं । नेपाल पत्रकार महासंघले शान्तिपूर्ण प्रदर्शनको नाममा राजावादीहरूले प्रेसलाई आतंकित पार्ने काम गरेको टिप्पणी गरेको छ ।
एक विज्ञप्ति जारी गरेर राजावादीहरूको अराजक समूहले विभिन्न क्रियाकलाप गरेर सञ्चारकर्मीलाई आतंकित पार्ने काम गरेको महासंघले बताएको हो ।
राजावादीहरूको प्रदर्शनले एक पत्रकारको जलेर मृत्यु भएको, विभिन्न सञ्चारगृहमा आगो लगाउने काम भएको, हुलहुज्जत भएको र सञ्चारमाध्यमहरूको तोडफोड भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघले विज्ञप्तिमार्फत पत्रकार सुरेश रजकको मृत्यु भएको, कान्तिपुर टेलिभजनमा ढुंगामुढा गरिएको, अन्तपूर्ण पोष्टको भवनमा तोडफोड गरेर आतंक सिर्जना भएको जनाएको हो । त्यसक्रममा हिमालयन टेलिभिजनको सवारीसाधनमा पनि तोडफोड भएको छ ।
प्रतिक्रिया