जुनियर स्कूल प्रिन्सेस २०२५' को पहिलो अडिसन सम्पन्न, ३० बालबालिका छनोट

शनिबार, १६ चैत्र २०८१
काठमाडौं । सिजन मिडियाले आयोजना गर्दै आएको ‘जुनियर स्कूल प्रिन्सेस २०२५’ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ। वार्षिक परीक्षापछि बालबालिकाको प्रतिभा अभिव्यक्त गर्ने तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यस प्रतियोगितामा पहिलो चरणबाट ३० जना बालबालिकालाई छनोट गरिएको छ। प्रतियोगिताको अडिसनमा मिसेस व्यूटी क्वीन नेपाल २०२५ की विजेता वर्षा खड्का, व्यूटीसियन अस्मिता देवकोटा र कोरियोग्राफर रोजिन शाक्य निर्णायकको भूमिकामा थिए। अन्तिम अडिसन आगामी चैत २३ गते हुने सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले जानकारी दिइन्। प्रतियोगीहरूलाई तीन हप्तासम्म व्यक्तित्व विकाससम्बन्धी विभिन्न प्रशिक्षण दिइनेछ। साथै, उनीहरूलाई चन्द्रागिरी हिल्स, भक्तपुर दरबार क्षेत्र, छाउनी संग्रहालय, गोदावरी वनस्पति उद्यान, जावलाखेल चिडियाखाना, अपाङ्ग बाल आश्रम, नारायणहिटी दरबार संग्रहालय, पशुपति वृद्धाश्रमलगायत विभिन्न स्थानहरूको शैक्षिक भ्रमण गराइनेछ। साथै, नेपाली फिल्म प्रदर्शन, आन्तरिक खेलकुद प्रतियोगिता तथा अन्य प्रतिस्पर्धात्मक कार्यक्रमहरू पनि आयोजना गरिनेछ। प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले सम्हाल्ने छन् भने फाइनल स्पर्धा २०८२ साल वैशाख ८ गते राष्ट्रिय नाचघर, जमलमा सम्पन्न हुनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार