सुनसरी : सुनसरीको हरिनगर गाउँपालिका-१ स्थित भुटाहामा रहेको ईदगाहमा इदउलफित्र (ईद) को नमाजका लागि तयारी पूरा भएको छ।
यस वर्ष, भुटाहा ईदगाहमा इदउलफित्रको नमाज सोमबार बिहान साढे आठ बजे हुने ईदगाह समितिका उपाध्यक्ष सेराज फलाहीले जानकारी दिएका छन्।
फलाहीका अनुसार, आज आइतबार रमजान महिनाको २९ व्रत पुरा भएपछि इस्लाम धर्मावलम्बीहरुले भोलि सोमबार ईदउलफित्र पर्व मनाउने छन्।
मुस्लिम समुदायले ईदउलफित्रको नमाज सामूहिक रुपमा मस्जिद र ईदगाहमा पढ्ने गर्दछन्। नमाजपछि, एकअर्कालाई अङ्कमाल गर्दै खुशी साटासाट गरिन्छ र घरमा पकाइएका विभिन्न परिकारहरू खाने परम्परा रहेको छ ।
प्रतिक्रिया